images
images

करेन्ट लागेर बैतडीका १२ वर्षिय बसन्तकाे ज्यान गयाे

बैतडी-बैतडीकाे सिगासमा करेन्ट  लागेर एक बालकको मृत्युु भएको छ ।

गाउँपालिकाकाे वडा नं ९ बाच्पानीका दिपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार मध्याह्न करिब १२ बजेको समयमा स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बोहराले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विधुतको तारमा छाेेइनगइ  करेन्ट लाग्दा  मृत्यु भएको बताइएकाे छ ।

स्थानीयहरुका अनुसार बाख्रा चराउने क्रममा भुइ नजिकैबाट लत्रीएर तानिएको तारमा छोइन गइ बसन्तलाई करेन्ट लागेको हो ।

प्रतिक्रिया दिनुहोस्