images
images

बैतडीमा एक किशाेर मृत फेला

बैतडी– बैतडीमा एक किशाेर मृत फेला परेका छन् ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ३ डुङ्गरीका १३ वर्षिय किशाेर लक्ष्मण सिंह ऐरी आफ्नै घर भित्र झुण्डिएकाे अवस्थामा मृत फेला परेका हुन् ।

शनिवार बिहान ९ बजे घर भित्र उनकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

उनले किन आत्महत्या गरे खुलि नसकेकाे र घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्