बैतडी –बैतडीको सुर्नया गाउँपालिका –६ स्थित शंकर संस्कृत मावि मूलखटालीले ७२ औं बार्षिकोत्सव मनाएकाे छ।
आइतबार विभिन्न कार्यक्रमका साथ विद्यालयले बार्षिकाेत्सव मनाएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन राज अवस्थीकाे सभाध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए ।
समारोहमा गाउँपालिकाका प्रवक्ता प्रताप महरा,समाजिक विकास समिती संयाेजक केशब विष्ट,जनप्रतिनिधि ,विभिन्न राजनीति दलका प्रतिनिधि लगायत अन्य नागरिकहरुकाे सहभागीता रहेकाे थियाे ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक रामबहादुर बिष्टले १ करोड ४९ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् ।
बार्षिकोत्सवमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको विद्यालय परिवारले जनाएको छ ।
बार्षिकोत्सव समारोहमा बोल्दै सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले शंकर संस्कृत माविकाे विकासका लागि लागि पर्ने बताए ।
यस्तै वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष अवस्थीले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिने बताएका छन् ।
२००९ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाइ रहेको र करिब ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । शंकर संस्कृत माविमा संस्कृत बिषयको समेत पढाई हुने गरेको छ ।










प्रतिक्रिया दिनुहोस्