images
images

विद्यार्थीकाे निधनमा बैतडीको बासुदेव मावि लिस्किटामा आज शोक बिदा

बैतडी -बैतडीको बासुदेव माविले शोक बिदा दिएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ लिस्किटामा रहेको बासुदेव माविले कक्षा ५ मा पढ्ने विद्यार्थीको निधन भएपछि सोमबार शोक बिदा दिएको हो ।

विद्यालयले शाेक वक्तव्य जारी गर्दै २४ गते साेमवार विदा दिएकाे जनाएकाे छ । बासुदेव माविमा अध्यायनरत विद्यार्थी लक्ष्मण सिंह ऐरीकाे दुखद निधन भएपछि शोक मनाउन एक दिन बिदा गरिएको विद्यालयका लेखापाल वीर बहादुर पाण्डेले जानकारी दिए ।

लक्ष्मणकाे अकल्पनिय निधनले दुखि तुल्याएको उनले बताए । कक्षा ५ मा अध्यायनरत लक्ष्मण शनिवार आफ्नै घर भित्र मृत फेला परेका थिए ।

कलिलै उमेरमा लक्ष्मणकाे निधन भएपछि शिक्षक, घरपरिवार, आफन्त,साथिसंगि सबै शोकमग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्