images
images

बैतडीकाे कुलाैनमा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

बैतडी-बैतडीकाे कुलाैनमा तीज विशेष सांस्कृितक कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ ।

जिल्लाकाे दशरथचन्द नगरपालिका वडा नं३काे आयाेजनामा कुलौन मावी कुलौन खतेडीमा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे हाे ।

साे कार्यक्रममा देउडा प्रतियाेगिता तथा वक्तृित्वकला प्रतियोगिता समेत गरिएकाे थियाे।

दशरथचन्द नगरपािलका वडा नं ३ का कार्यबाहक अध्यक्ष धनी नाथकाे सभाध्यक्षता तथा कलाैन माविका प्रधानाध्यापक बिरेन्द्र पुजाराकाे प्रमुख आतिथ्यतामा सम्पन्न तीज विशेष कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,कार्यपालिका सदस्य,लगायत वडा सदस्यहरुकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा कलाकार अमृत नाथ र भावना भट्टको पनि प्रस्तुती रहेको थियाे ।

तीजकाे अवसरमा आयाेजित देउडा र वक्तित्वकला प्रतियाेगिता कार्यक्रममा प्रथम, द्वितिय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगिहरुलाइ नगद सहित सम्मान गरिकाे थियाे ।

कला संस्कृतिकाे संरक्षण गर्ने यस्ता कार्यक्रम अगामिदिनमा पनि गरिने आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्