images
images

सरकारले सुदूरपश्चिमलाई हेप्याे: राष्ट्रिय सभा सदस्य चन्द

बैतडी–राष्ट्रिय सभा सदस्य रेणु चन्दले सरकारले सुदूरपश्चिमलाई हेपेकाे बताएकी छिन् ।

राष्ट्रिय सभा बैठकमा बोल्दै बैतडी घरभएकि राष्ट्रिय सभा सदस्य चन्दले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अगाडि बढाउने कुरामा अहिलेको सरकारले पुरै वेवास्ता गरेको बताइन् ।

उनले अरू प्रदेशका लागि डाक्टर पढन कोटा छुट्टयाए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेपेको बताएकी हुन् ।

विश्वविद्यालय विधेयक निर्माण प्रक्रियामा ढिलाई किन भइरहेको भन्दै उनले प्रश्न समेत गरेकी छिन् ।

यो बिषयमा उनले सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण  गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्