images
images

बैतडी जिप दुर्घटना अपडेट:घाइते महरा अस्पतालमा अस्ताइन

बैतडी -बैतडीमा जिप दुर्घटनामा घाइते भएकी महराकाे मृत्यु भएको छ ।

मंगलबार जिप दुर्घटनामा गम्भीर घाइते भएकी सुर्नया गाउँपालिका-८ की १८ वर्षीया सविना महरा काे मृत्यु भएकाे हाे ।

उनकाे उपचारकाे क्रममा धनगढीमा मृत्युभएकाे प्रहरीले जनाएकाे छ ।

सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सु.प.प्र.०१००ज १३५४ नम्बरको जिप मंगलबार बिहान सात बजेतिर जिप दुर्घटनामा परेकाे थियाे ।

उक्त दुर्घटनामा चालक सहित ५ जना घाइते भएका थिए ।

जिप दुर्घटना परी घाइते भएका अन्य चार जना   भने उपचार पछि घर फर्किएका बताइएकाे छ ।

कलिलै उमेरमा सविनाकाे दुर्घटनामा परेर मृत्युु भएपछि गाउँ शाेकमा डुवेकाे छ।

प्रतिक्रिया दिनुहोस्