images
images

बैतडीकाे सुर्नयाले बाल अधिकार दिवसकाे अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्दै

बैतडी-बैतडीकाे सुर्नया गाउँपालिकाले वक्ततृत्वकला प्रतियोगिता गर्ने भएकाे छ ।

यहि भदाै २९गते बाल अधिकार दिवसकाे अवसरमा पालिकाले मावि ( ९ -१२)स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएकाे हाे ।

पालिकाले मानव जीवनमा विज्ञान र प्रविधिकाे प्रभाव शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गर्न लागेकाे हाे ।

सहभागीहुने विद्यालयहरुले आफ्नाे सिफारिस सहित एकजना विद्यार्थी छनाेट गरि यहि भदाै २८ गते कार्यालय समय भित्र पालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा नाम दर्ता गराउनु पर्ने शाखा प्रमुख निर्मला चन्दले जानकारी दिइन ।

प्रतियोगितामा पुरस्कारकाे समेत व्यवस्था गरिएकाे छ ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई ४ हजार, द्वितियलाई ३ हजार ५ सय , तृतीयलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २ हजार पुरस्कारकाे व्यवस्था गरिएकाे पालिकाले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ ।

यस्तै सहभागी समूहलाई समेत ५ सय नियम अनुसार कर कट्टी गरेर प्रदान गरिने बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्