बैतडी– बैतडी सहित सुदूरपश्चिमका छ जिल्लामा भारी वर्षाकाे सम्भावना रहेकाे छ ।
भोलि बिहीवार बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रिय भइ भारी वर्षा हुने सम्भावना रहेको हाे ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर सुदूरपश्चिमका ६ जिल्लासहित देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ ।
माैसम पूर्वानूमान महाशाखाका अनुसार बैतडीसहित डडेल्धुरा, अछाम, डोटी, कैलाली र कञ्चनपुरमा ठूलो पानी पर्ने सम्भावना रहेकाे छ ।
महाशाखाले भारी वर्षाका कारण बाढी पहिराेकाे डर हुने भएकाले सावधानी अपनाउ आग्रह गरेकाे छ ।
यता सुदूरपश्चिम सरकाले पनि बुधवार एक विज्ञप्ति जारी गरेर पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सतर्कता अपनाउन आग्रह गरेको हाे ।











प्रतिक्रिया दिनुहोस्