images
images

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

बैतडी-अविरल वर्षापछि खसेको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार राति खसेको पहिरोले गन्यापधुरा गाउँपालिका(१ को साहुखर्कमा भीमदत्त राजमार्ग अवरुद्ध भएको हाे ।

साहुखर्कमा बिहीबार साँझदेखि नै पहिरो खसिरहेको थियो । डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए ।

तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन् ।

यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका(२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढा(बुडर सडक पनि बन्द भएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्