images
images

बैतडीकाे सुर्नया-५ धुलिधारमा ३ घर पहिराेकाे उच्च जाेखिममा, वडा अध्यक्षले गरे अनुगमन

बैतडी-बैतडीकाे सुर्नया गाउँपालिका ५ धुलिधारमा ३ घर पहिराेकाे जाेखिममा परेका छन् ।

लगातारकाे वर्षाका कारण जमिन भासिएर धुलिधार बस्तीका तीन  घर पहिराेकाे उच्च जाेखिममा परेका हुन् ।

तीन दिन देखिकाे लगातारकाे वर्षाका कारण स्थानीयका घर भत्कीने अवसथामा पुगेका वडा अध्यक्ष केशब सिंह विष्टले बताए।

वडा अध्यक्ष विष्टले राैलेश्वर प्रहरी चा‌ैकीकाे टाेलि सहित पहिराे प्रभावित क्षेत्रमा अनुगमन तथा निरिक्षण गरेका हुन् ।

उनका अनुसार घर माथिबाट आएकाे पहिराेले स्थानीय मीन बहादुर विष्टकाे दुइतले घर भत्किने अवस्थामा पुगेकाे छ भने , स्थानीय केशब बहादुर विष्ट र जयबहादुर विष्टकाे आगन भासिएर घर जाेखिममा परेकाे छ ।

प्रहरीकाे टाेलि लगेर पहिराे प्रभावित क्षेत्रकाे अनुगमन गरेका वडा अध्यक्ष विष्टले स्थानीयका घरहरु पहिराेकाे जाेखिममा परेका बताए।

सुरक्षित रहन सुझाउदै वडा अध्यक्ष विष्टले राहत र समस्या समाधनका लागि वडा र  पालिकाबाट हुने सहयाेगका लागि पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS