images
images

रिलायबल बैतडीले गर्याे उत्कृष्ट एजेन्सी मेनेजर र अभिकर्तालाई सम्मान

बैतडी-  रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स   शाखा बैतडीले अभिकर्तालाई सम्मान गरेकाे छ ।

मंगलबार पाटनमा आयाेजित एक कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाई सम्मान गरेकाे हाे ।

गत आर्थिक वर्षमा  उत्कृष्ट काम गर्ने ८ जना एजेन्सी म्यानेजहरुलाई प्रमाणपत्र सहित खादा लगाएर सम्मान गरेकाे रिलायबल लाइफ इन्स्योरेन्स बैतडी शाखा प्रमुख लाेकेन्द्र विष्टले जानकारी दिए ।

यस्तै व्यक्तिगत काेर्डमा बढी व्यवसाय गर्ने ३ जना अभिकर्ता, सकृय अभिकर्ता १ जना , बैतडी शाखाले निकालेकाे स्किम अनुसार दुई जना र २ जना नयाँ अभिकर्ताहरुलाई  समेत सम्मान गरेकाे उनले बताए ।

शाखा प्रमुख विष्टकाे सभाध्यक्षता तथा पाटन नगरपालिका उपप्रमुख कमल सिंह बाेहराकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सुदूरपशिचम प्रदेश प्रमुख चन्द्र बिष्टकाे उपस्थिति रहेकाे थियाे ।

एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रममा   अन्य अभिकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रदेश प्रमुख विष्टले निकट भविष्यमा पाटनमा समेत शाखा विस्तार गर्ने बताए।

उनले अभिकर्ताहरुलाई बिमा सम्बन्धि तालिम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्