images
images

करेन्ट लागेर गम्भीर बनेका बैतडीका जाेशीलाई आर्थिक सहयाेग, अझै सहयाेग गरिदिन अपिल

बैतडी–   सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य आजातपुर समितिले बैतडीका        जोशीको उपचारमा आर्थीक सहयाेग गरेकाे छ ।

समितिले अभियान सञ्चालन गरेर करेन्ट लागेर गम्भीर बनेका जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक जोशीबुंगा तीचोरा ( रम्वाईगाड )का प्रकाश जोशीको उपचारमा आर्थिक सहयाेग गरेकाे हो।

आर्थिक अभावले जाेशीकाे उपचारमा समस्या भैरहेका बेला आफुहरुले आर्थिक अभियान सञ्चालन गरेर सहयाेग गरेकाे सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य आजातपुर समितिका अध्यक्ष बिष्णुदत्त भट्ट कपाडीले जानकारी दिए ।

उनका अनुसार एक हप्ताको अभियानमा संकलित २ लाख ९५ हजार १सय ८३ रुपैँया हस्तान्तरण गरिएकाे हाे ।

भारतको दील्लीमा काम गर्दै आएका जोशी   असार १० गते करेन्ट लागेर घाईते भएका थिए ।

जाेशीकाे उपचारमा केहि राहत पुगाेस भनेर आफुहरुले अभियान सञ्चालन गरेर आर्थिक       सहयाेग गरेकाे समितिका अध्यक्ष भट्टले बताए ।

आर्थिक अभावले समस्यामा परेकाहरुलाई अभियान सञ्चालन गरेर सहयाे गर्दै आएका र अगामी दिनमा पनि गरिने सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य आजातपुर समितिले जनाएकाे छ ।

भारतमै उपचार गराईरहेका जोशीलाई थप उपचारको लागि आर्थीक समस्या भएको बताइएकाे छ । परिवार पाल्न भारत पसेका जाेशी आफै करेन्ट लागेर गम्भीर भएपछि घर परिवार चिन्तित बनेकाे छ ।

आर्थिक अवस्था कमजाेर भएका कारण जाेशीकाे उपचारमा समस्या भएकाे आफन्त दिपक जाेशीले बताए । टाउकाेमा करेन्ट लागेर गम्भीर बनेका जाेशी अचेत अवस्थामा छन् ।

डाक्टरले स्वास्थ्यमा सुधार आउन केही समय  लाग्ने बताएकाे आफ्नत जाेशीले बताए । डाक्टरले सुधार आउने भनेपनि आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले सबैलाई सहयाेग गर्न अपिल गरिएकाे छ ।

जोशीको उपचारमा सहयोग गर्न चाहानेहरुले केशब दत्त जोशी र दिपक जोशीको क्युआर काेर्ड मार्फत सहयोग रकम पठाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्