images
images

बैतडीका एक युवक भारतकाे गुणगाउँमा मृत फेला

बैतडी-बैतडीका एक युवक भारतमा मृत फेला परेका छन् ।

जिल्लाकाे दाेगडाकेदार गाउँपालिका वडा नं १ भुलउडाका भगरथ सार्की भारतकाे गुणगाउँमा मृत फेला परेका हुन् ।

उनकाे शव गुणगाउँ सेक्टर नम्बर ५ भन्ने ठाउँमा  शनिवार बिहान फेला परेकाे भारतमा रहेका समाजसेवी युवा बिनाेद बहादुर विष्टले बताए ।

मृत फेला परेका सार्कीकाे खल्तीमा भेटिएकाे राष्ट्रिय परिचयपत्रका आधारमा उनकाे पहिचान खुले पनि   आफन्त भने सम्पर्कमा नआएका उनले बताए ।

सार्कीकाे मृत्युको कारण खुलेकाे छैन् । उनकाे शव अहिले प्रहरी थानामा राखिएकाे बताइएकाे छ ।

अहिले मृत फेला परेका सर्कीका आफन्तलाई सम्पर्ककमा ल्याउने प्रयास भैरहेकाे समेत समाजसेवी युवा विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्