images
images

बैतडीकाे डिलाशैनीमा चट्याङ लागेर पशु चौपाया मरे

बैतडी-बैतडीकाे डिलाशैनी गाउँपालिका–४ जाेखल्लीमा चट्याङ लागेर पशु चौपाया मरेका छन्।

गए राति परेकाे चट्याङबाट जाेखल्लीका शंकर नेगीकाे गोठमा बाँधिएका  चार पशु चाैपाया मरेका हुन्।

चट्याङ लागेर दुई भैँसी, एक बाख्रा र एउटा गाेरू मरेका स्थानीय पारस नेगीले जानकारी दिए ।

यता प्रहरीले भने चट्याङका कारण पशु चाैपाया मर्दा भएकाे क्षतिकाे विवरण संकलन भैरहेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्