बैतडी-बैतडीकी एक महिलाकाे उपचारमा समस्या भएकाे छ ।
लडेर गम्भीर घाइते भएकी जिल्लाकाे पाटन नगरपालिका वडा नं ८, राङ्गाजुजौनाकि ४८ वर्षीया देवकी महराकाे उ आर्थिक अभावले उपचारमा समस्या भएकाे हाे ।
अहिले आर्थिक संकलन अभियान पनि सुरु भएकाे छ । उनकाे प्राण रक्षाका लागि पाटनका समाजसेवी युवा प्रेमसिंह भाट र भारतमा रहेका पाटनकै अर्का समाजसेवी युवा विष्णु भट्ट कपाडीले आर्थिक संकलन अभियान सञ्चालन गरेका हुन् ।
महरा गएकाे भाद्र ३१ गते जंगलमा बाख्रा चाराउने बेला लडेर गम्भीर भएकी थिइन् । उनकाे टाउको छातीमा गम्भीर चोट लागेकाे र अहिले निसर्ग हस्पिटल धनगढीको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भैरहेकाे बताइकाे छ ।
श्रीमानले दोस्रो बिबाह गरेर छाडेर गएपछि स -साना बालबच्चाहरुलाई सडक छेउमा गिट्टी फोडेर गुजरा गर्दै आइरहेकि देवकी महरा लडेर गम्भीर भएपछि उनकाे जीवन रक्षाका लागि अभियान चलाएकाे भाटले बताए ।
घरपरिवारको आर्थिक अवस्था दयनीय रहेकाे र डाक्टरहरुले उपचारमा ठुलो धनराशी खर्च हुने भनेपछि मृत्यु संग लडिरहेकी देवकी महराको ज्यान बचाउन मनकारीहरुलाई आफुले अपिल गरेकाे उनकाे भनाइ छ ।
महराकाे प्राण बचाउन सञ्चालन गरिएकाे अभियानमा विभिन्न मनकारीहरुबाट अहिले सम्म १ लाख बढि संकलन भैसकेकाे उनले बताए । महरालाइ सहयाेगकाे खाँचाे रहेकाे भन्दै उनले सबैलाई आर्थिक सहयाेग गर्न अनुराेध गरेका छन् ।
गम्भीर चोट लागेर टाउकोमा १० भन्दा बढी टाका लागेको र मुटु फोक्सोमा गम्भीर समस्या आइरहेको हुँदा अझै लामो समय सघन उपचार कक्षमै राख्नुपर्ने अस्पतालले जनाएको छ ।
सहयोग गर्न चाहनुहुने मनकारीले देवकी महराको बैंक खातामा आर्थिक सहयोग गरिदिन अपिल गरिएकाे छ ।
बैंकको नाम: ग्लोबल आइएमई बैंक
खाता नं. 01907010021950
नाम: DEBAKI MAHARA










प्रतिक्रिया दिनुहोस्