images
images

भाैनेली स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बैतडी –बैतडीको भाैनेली स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई  कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं४ मा रहेकाे भाैनेली स्वास्थ्यचाैकीले आइतबार सार्वजनिक सुनुवाई तथा सामाजिक  परीक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे ।

स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं सुर्नया ४ का अध्यक्ष प्रताप महराकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्पन्न भएको सार्वजनिक सुनुवाई तथा सामाजिक  परीक्षण कार्यक्रममा स्वास्थ्यचौकी इन्चार्ज सुरेन्द्र महराले संस्थाको आर्थिक, भौतिक तथा सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रममा स्थानीय सरोकारवालाहरुको सहभागितामा स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा सम्पादन गरेका कामहरुको विवरण सरोकारवालाहरुलाई जानकारी गराइएको स्वास्थ्यचौकी इन्चार्ज महराले बताए ।

स्वास्थ्यचौकी इन्चार्ज महराले प्रस्तुत  गरेको प्रतिवेदन अनुसार स्वास्थ्यचौकीको गत आर्थिक बर्षको आयतर्फ २ लाख २७ हजार १३ रुपैंया, व्ययतर्फ १लाख ७१ हजार ३ सय २५ रुपैंया र बचत ५७ हजार हजार ७ सय ७३ रुपैंया रहेको छ ।

अहिले भाैनेली स्वास्थ्यचौकीमार्फत सुरक्षित गर्भपतन सेवा लगायतका आधारभूत सेवा प्रदान भैरहेका बताइएकाे छ ।

स्वास्थ्यचौकीमार्फत खोप कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व कार्यक्रम, समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोग उपचार तथा नियन्त्रण कार्यक्रम र उपचारात्मक सेवा प्रदान भइरहेका स्वास्थ्यचौकी प्रमुख महराले बताए

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयाेजक राम सिंह महरा, स्वास्थ्यकर्मी, लगायत सराेकारवालाहरुकाे सहभागिता  समेत रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS