बैतडी– बैतडीमा विद्युत सर्ट भएर पसलमा आगलागी हुँदा लाखौंकाे क्षति भएकाे छ । जिल्लाको मेलौली नगरपालिका–६ लामालेकमा रहेको रामदत्त भट्टको महारुद्र फेन्सी स्टोर तथा आटा चक्की खुद्रा पसलमा आगलागी हुँदा ३५ लाखकाे क्षति भएकाे हाे ।
सोमबार राति ११ बजे भट्टको पसलमा आगलागी हुँदा पसलभित्र रहेका सबै सामग्री जलेर नष्ट भएका सञ्चालक भट्टले बताए । उनका अनुसार पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा पसलमा लागेको आगो निभाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्