बैतडी-समाज सेवामा सकृय बैतडीका पन्तले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराज घरभइ हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका मनमोहन पन्तले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
उनले जन्मदिनकाे अवसर पारेर मठैराज मावि हाडाकोटका १ देखि ८ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका जुझारु युवा एवं सहयाेगकर्ताका दाइ महेश राज पन्तले जानकारी दिए ।
असोज ९ गते परेको जन्मदिनको अवसरमा बालबालिकालाई पठनपाठनमा सहज होस भनेर उनले शैक्षिक सामग्री सहयोग गरेका हुन् । हरेक वर्ष जन्मदिनकाे अवसरमा उनले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएका छन् ।
सुदूरपश्चिम समाज कोरिया वुशानका निवर्तमान उपाध्यक्ष एवं सामासेवी युवा मनमोहनले विदेशमा कमाएको रकम दुखी, पीडित, असहाय, अनाथ ,बेशहारा बालबालिकालाई सहयोग गर्दै आएका छन् ।
राेजगारीकाे सिलसिलामा ७ वर्ष देखि काेरियामा रहेका उनले जन्मभुमिको विकासका लागि सहयाेग गर्दै आएका हुन् । आफुले पढेकाे विद्यालयमा अध्यानरत विद्यार्थीलाई जन्मदिनमा सहयाे गर्दै आएका मनमाेहनले याे वर्ष पनि शैक्षिक सामग्री वितरण गरेका हुन् ।
मठैराज माविको आाधारभूत तहमा अध्यन गर्ने छात्र छात्राहरुका लागि पठाएको रकमले शैक्षिक सामाग्री खरिद गरेर बितरण गरिएको स्थानीय पन्तले बताए ।
वितरण गरिएका शैक्षिक सामग्रीले बालबालिकालाई अध्ययन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
मनमोहन डिलाशैनि गाउँपालिका वडा नं ४ बस्ने बुवा गंगा दत्त पन्त र आमा गौपति पन्तका साइलो सुपुत्र हुन । उनि अहिले वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियाको वुशान सहरमा छ्न ।
उनले काेरियामा काम गरेबाफत प्रत्येक महिना आफुले पाउने पारिश्रामिकाे केहि रकम समाज सेवामा खर्च गर्ने गरेका छन् ।
पन्तले प्रवासमा बसेर गाउँसमाजका लागि देखाएकाे माया र गर्ने गरेकाे सहयाेग प्रशंसनीय र अनुकरणीय रहेकाे स्थानीय नागरिकहरुकाे भनाई छ ।
हृदयदेखि नै समाजसेवा गर्ने मनमाेहनकाे भावनाले जनताकाे विश्वास र माया समेत बटुलेकाे छ ।










प्रतिक्रिया दिनुहोस्