images
images

स्वर्गिय बुबाको सम्झनामा बैतडीका महराद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयाेग

बैतडी-स्वर्गीय बुबाकाे समझनामा बैतडीका महराले मानब सेवा आश्रमलाई सहयोग गरेका छन ।

जिल्लाकाे पाटन नगरपालिका वडा नं – ८ हरिचन घर भएका राम महराले स्वर्गिय बुबा जय महराकाे पुण्य तिथिकाे  सम्झनामा कैलालीको धनगढीमा रहेकाे मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन ।

स्वर्गिय बुबाको सम्झनामा बिहीबार आफुले मानब सेवा आश्रमलाई खाद्यान्न  सहयोग गरेको महराले बताए ।

मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी शाखामा रहेकाहरुकाे खानपानमा सहजता होस भनेर खाद्यान्न सहयोग गरेको उनकाे भनाइ छ ।

महरा सुदूरपश्चिम सरकारकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्