images
images

श्रीमतीकाे कुटाइबाट श्रीमानका तीन दाँत झरे, आँखामा खुर्सानी फालेर फरार

बैतडी-भारतमा श्रीमानलाई कुटेर एक महिला फरार भएकी छिन ।

डडेल्धुराकाे आलिताल गाउँपालिका वडा नम्बर ३ घर भएकी महिला आफ्ना श्रीमानलाई कुटेर फरार भएकी हुन्।

रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका मनोज धामीलाई उनकी श्रीमतिले कुटपिट गरेकी हुन्।

सामान्य विवादमा श्रीमती कमला धामीले कुटपिट गरेको मनोजले बताए।कमलाले मनोजको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरेको मनोजले बताए।

कमलाले कुटपिट गर्दा आफ्नो अगाडिको तीन दाँत भाँचिको बताए । आफू माथि खुकुरी प्रहार समेत भएको उनले बताए ।

खाना पस्किदेउ भन्दा आफै हालेर खाउ भन्दै आँखामा खुर्सानीको धुलो फालिदिएको उनले बताए।

कुटेर फरार कमलाकाे खाेजि भैरहेकाे बताइकाे छ ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS