images
images

बैतडीकाे पुर्चाैडीमा पहिरोबाट निस्किए चमकदार ढुङ्गा

बैतडी-बैतडीकाे पुर्चाैडीमा पहिराेबाट चमकदार ढुङ्गा निस्कन थालेका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका हुन् ।

अन्दाजी आठ इन्च लम्बाइ र चारदेखि १० इन्च गोलाकार डल्लाको दुवैतर्फ चुच्चो रहेको छ।

पहिरोबाट निस्केका पारदर्शी डल्ला सिसा, पत्थर वा अन्य के हो? भन्ने विषयमा अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ। पुर्चौडी नगरपालिका–८, लामुनीको कमेरपानीमा २०५२ सालदेखि अहिलेसम्म निरन्तर पहिरो खसिरहेकाे छ ।

गत वर्षसम्म पहिरोबाट बारुदको जस्तो गन्ध आउँथ्यो। यो वर्ष भने सिसा जस्ता चमकदार डल्ला निस्कन थालेको स्थानीय लोकेश साउदले बताए।

यहाँ बर्खामा मात्रै होइन, हिँउदमा समेत पहिरो खस्दा गन्धक जस्तो नराम्रो दुर्गन्ध आउँछ।
यो वर्ष भने सिसा जस्ता चमकदार पारदर्शी डल्ला निस्कन थालेपछि स्थानीयले खोज अनुसन्धानको माग गरेका छन्।

भूगर्भ विभागले यसअघि पुर्चौडी नगरपालिका क्षेत्रमा फलाम खानी र कृषि मलमा प्रयोग हुने फस्फोराइट जस्ता खानी पत्ता लगाइसकेको छ।

लामुनीको पहिरोमा पनि महत्वपूर्ण खनिज वा अन्य खानी हुन सक्ने स्थानीयको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS