images
images

बैतडीमा मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन

बैतडी-बैतडीमा मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएकाे छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना इकाई दार्चुलाकाे आयाेजनामा बिहीबार मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति पुर्नगठन गरिएकाे हाे ।

बैतडीकाे देहिमाण्डाैँमा रहेकाे प्राविधिक जाेन इकाईमा समिति पुर्नगठन गरिएकाे बताइएकाे छ ।

आज बसेकाे कृषि समूह तथा कृषि फर्म सहकारीको जिल्ला स्तररीय भेलाले मकै तथा तरकारी जाेन सञ्चालन समन्वय समिति गठन गरेकाे प्राविधक जाेन इकाई बैतडी इन्चार्ज भावना  जाेशीले जानकारी दिइन् ।

धर्मान्नद पाण्डेयकाे संयाेजकत्वमा ९ सदस्यीय  मकै जाेन सञ्चालन समन्वय समिति गठन गरिएकाे छ ।

यस्तै  याे समितिकाे सह संयाेजकमा पुजा ऐेरी जाेशी , सचिवमा जय बहादु कुँवर, सह सचिवमा गणेश बहादुर टेर लगायतका अन्य पाँच सदस्य चयन भएका हुन् ।

यस्तै महेश राज भट्टकाे संयाेजकत्वमा नाै सदस्यीय तरकारी जाेन सञ्चालन समन्वय समिति पनि गठन गरिएकाे छ । याे समितिकाे सह संयाेजकमा कलावती विष्ट, सचिवमा कृष्ण सिंह भाट, सह सचिवमा सुरेन्द्र सिंह भाट लगायत अन्य पाँच सदस्य चयन गरिएका हुन् ।

सर्वसम्मत गठन गरिएका समितिहरुले विद्यमान प्रविधि र पूर्वाधारहरुकाे अभिलेख तयार गर्ने, जाेन सञ्चालन अवधिकाे कार्ययाेजना तयार गर्न परियाेजना कार्यान्वयन इकाईलाई सहजिकरण गर्ने छ ।

यस्तै परियाेजनाका सराेकारवालाहरु संग समन्वय र सहाकर्य गर्ने बताइएकाे छ । दुई वर्षे पदावधि रहेकाे याे समितिले सञ्चालित कार्यक्रमहरुकाे अनुगमन तथा नियमन समेत गर्ने तरकारी जाेन सञ्चालक समन्वय समतिका संयाेजक महेश राज भट्टले बताए ।

निवर्तमान समितिका पदाधिकारीहरुकाे कार्यकाल सम्पन्न भएपछि नयाँ समिति गठन गरिएकाे प्राविधिक जाेन इकाई बैतडीले जनाएका छ ।

अब सञ्चालन हुने कार्यक्रमहरुमा वास्तविक कृषकहरु छनाेट हुने र काम अनुसार भुक्तानी समेत गरिने प्रधानमन्त्री कृषिआधुनिकीकरण परियाेजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख कमल तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्