बैतडी-महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता भएका छन्।
जिल्लाकाे पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३५ वर्षीय अमर धामी आज बिहान ११ बजे महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।
पिथौरागढबाट घर फर्किने क्रममा झुलाघाट वारी सडक छेउबाट लतारिएर उनी नदीमा खसेका बताइएकाे छ ।
नदीमा खसेर बेपत्ता धामीकाे खोजतलासका प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।
अहिले उनकाे खाेजि भैरहेकाे प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्