बैतडी-बैतडीमा बसको ढोकाबाट खसेर एक जनागम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका-७ काडाँ बस्ने बर्ष १८ का बस सहचालक नविन भट्ट रहेका छन् ।
मेलौली नगरपालिका-१ प्रहरी चेक पोष्ट नजिक हेन्द्रनगरबाट पञ्चेश्वर जाँदै गरेको पवन दुत यातायातको बस रोक्न खोज्दा सहचालक भट्ट खसेर घाइते भएका हुन् ।
चालक दिपक मल्लले चलाएको ना ८ ख ६३६१ नम्बर को बस रोक्न खोज्दा खसेर घाइते भट्टलाई प्राथमिक स्वस्थ्य केन्द्र मेलौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागी डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको र अवस्था गम्भीर रहेकाे स्रोतले बताएको छ ।
उनलेको दाहिने कानबाट रगत बगी रहेको छ । चालक मल्ललाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्