images
images

बाढी पहिराे अपडेट: देशभर ५० जनाकाे मृत्यु !

बैतडी– उपत्यकामा बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार मृतकको संख्या ३२ पुगेको हो ।

काठमाडौंमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना गरी जम्मा ३२ जनाको मृत्यु भएको एसएसपी घिमिरेले बताए ।

यस्तै, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १र१ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् । अहिले काठमाडौं उपत्यकामा मात्रै साढे ४ हजार बढी सुरक्षाकर्मी परिचालन छन् ।

प्रतिक्रिया दिनुहोस्