images
images

पासो तोडेर चितुवा भाग्यो, सर्तकता अपनाउन आग्रह

पासोमा परेको  चितुवा पासो तोडेर भागेको जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रहरी प्रवक्ता  प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

 राति पासाेमा परेको चितुवा झण्डै १४ घण्टापछि पासो चुँडालेर भागेको छ । चितुवाको बाँया खुट्टा पासोमा परेको थियो ।

चितुवा घाइते अवस्थामा रहेकाले सर्तकता अपनाउन  आग्रह गरिएकाे छ ।

चितुवा भागेपछि चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आइरहेको प्राविधिकहरुको टोली बाटोबाटै फर्किएको छ ।वन कार्यालय बैतडीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्