images
images

दार्चुलामा स्याउ ओखर र सुन्तला जात फलफूल जाेन सञ्चालन समन्वय समिति गठन

बैतडी– दार्चुलामा स्याउ ओखर जाेन सञ्चालन समन्वय समिति र सुन्तला जात फलफूल जाेन  सञ्चालन समन्वय समिति गठन गरिएकाे छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दार्चुलामा स्याउ ओखर जाेन र सुन्तला जात फलफूल सञ्चालन समन्वय समिति गठन गरिएकाे हाे ।

पुरानो समन्वय समितिको कार्यकाल सकिएपछि कृषि समूह, कृषि फर्म र कृषि सहकारी सञ्चालकहरुको भेलाले नयाँ समिति गठन गरेको हो ।

शनिवार  भएको भेलाले नयाँ समन्वय समिति गठन गरेको परियाेजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख कमल तमाङले जानकारी दिए ।

उनका अनुसार स्याउ ओखर जोन सञ्चालन समन्वय समितिको संयोजकमा देवेन्द्र सिंह राेकाया चयन भएका छन। राेकायाकाे संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो ।

उक्त समितिको सह–संयोजकमा हेमा कुवर सचिवमा बीरबहादुर ठगुन्ना, सह सचिवमा गाैरी अवस्थी लगायतका अन्य पाँच सदस्य रहेका छन् ।

यस्तै टेकेन्द्र बहादुर बमकाे संयोजकत्वमा नौ सदस्यीय सुन्तला जात फलफूल जोन सञ्चालन समन्वय समिति पनि गठन गरिएको छ ।

उक्त समितिको सह संयोजकमा प्रेम राज भट्ट, सचिवमा पदम सिंह बाेहरा, सह–सचिवमा धनसिंह बडाल लगायत अन्य पाँच सदस्य चयन गरिएका प्रमुख तमाङले बताए ।

यी दुवै समितिको कार्यकाल दुई बर्ष रहने व्यवस्था छ । समितिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालन हुने कार्यक्रम कार्यान्वयनमा सहयाेग पुर्याउने छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरुलाई सफल बनाउन समन्वय समितिको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख कमल तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्