images
images

बैतडीको सुर्नयामा निशुल्क अल्ट्रासाउण्ड शिविर, ३५ जनाले सेवा लिए


बैतडी-बैतडीको सुर्नयामा गर्भवती महिलाहरुका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन भएको छ ।

गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच गर्नका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम आइतबार देखि सञ्चालन भएकाे सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।

पहिलो चरणमा आज गाउँपालिकाको ८ मा रहेकाे भुमिराज आधारभूत स्वास्थ्य सेवा केन्द्र र वडा नं७ काे शिखरपुर स्वास्थ्य चाैकीमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सम्पन्न भएकाे स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

वडा नं ८काे शिविरमा २५ जनाले सेवा लिएका स्वास्थ्य केन्द्र प्रमुख आन्नद सिंह बाेहराले बताए । यस्तै वडा नं७ मा  लागेकाे शिविरमा १० जनाले सेवा लिएका स्वास्थ्य प्रमुख वीर बहादुर बाेहराले बताए ।

यस्तै असोज १४ गते वडा नं ७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइ र असोज १५ गते वडा नं ६ स्थित शंकरपुर स्वास्थ्यचौकीमा गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिने बताइएकाे छ ।

शिविरमा गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाका बारेमा चेकजाँच गर्नुका साथै पेटभित्रको बच्चाको अवस्थाका बिषयमा समेत चेकजाँच गरिएकाे स्वास्थ्य प्रमुखहरुले बताए ।

गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाइ मातृ तथा शिशु मृत्यु रोक्नका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

बाँकी रहेका वडाका स्वास्थ्य संस्थाहरुमा पनि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिने र त्यसको मिति तय हुन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्