images
images

बैतडीकाे भाैनेली स्वास्थ्य चाैकीमा निःशुल्क अल्ट्रासाउन्ड शिविर लाग्दै, सेवा लिन आग्रह

बैतडी-बैतडीकाे भाैनेली स्वास्थ्य चाैकीमा अल्ट्रासाउन्ड शिविर लाग्ने भएकाे छ ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं-४ स्थित      भाैनेली स्वास्थ्य चाैकीमा यहि १८ गते            निःशुल्क अल्ट्रासाउन्ड शिविर लाग्ने भएकाे हाे ।

गाउँपालिका स्वास्थ शाखाकाे आयाेजनामा शुक्रबार गर्भवती महिलाहरुका लागि एक दिने निःशुल्क अल्ट्रासाउन्ड शिविर लाग्ने स्वास्थ चाैकी प्रमुख सुरेन्द्र सिंह महराले जानकारी दिए ।

स्वास्थ्य चा‌ैकीले एक सूचना जारी गरेर सञ्चालन हुने शिविरमा आएर सेवा लिन पनि आग्रह गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्