images
images

बैतडीकाे खोड्पेमा विद्युतीय चार्जिङ् स्टेशन,चौबिसै घण्टा चार्जको सुविधा

बैतडी– बैतडीकाे खाेड्पेमा विद्युतीय चार्जिङ् स्टेशन सञ्चालनमा आएको छ ।

सुदूरपहाडका तीन जिल्लालाई लक्षित गरी जिल्लाकाे पाटन नगरपालिका वडा नं-८ खोड्पेमा विद्युतीय गाडीहरुका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हाे।

सुदूरपहाडका बैतडीसहित दार्चुला र बझाङ जिल्लाका विद्युतीय सवारी साधनलाई मध्यनजर गर्दै होटेल हरिहर प्लाजामा विद्युतीय सवारी साधन चार्ज गर्ने चार्जिङ स्टेसन सञ्चालनमा आएको पाटन नगरपालिका वडा नं८ का वडा अध्यक्ष हरिश विष्टले जानकारी दिए।

 

तीन जिल्लाका लागि छुट्ने र ती जिल्लाहरुबाट बाहिरिने विद्युतीय सवारी साधनहरुलाई लक्षित गरेर चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको सञ्चालक अर्जुन बिष्टले बताए ।

उक्त स्टेशनमा चौबिसै घण्टा विद्युतीय सवारी साधन चार्जको सुविधा रहेको उनकाे भनाइ छ ।

पहाडी क्षेत्रमा पनि विद्युतीय सवारी साधनको संख्या बढ्दै गएकाले  खोड्पेमा सञ्चालन भएको चार्जिङ स्टेशनले सहज हुने अपेक्षा गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS