बैतडी-बैतडीकाे पाटन नगरपालिकामा गठित युवा सञ्जालले खसी कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएकाे छ ।
दशैँकाे अवसरमा पाटन नगरपालिका युवा सञ्जालले खसी कप भलिबल प्रतियाेगिता गर्ने भएकाे हाे ।
दशैँकाे अवसरमा यहि २२/२३ गते खसी कप भलिबल प्रतियोगिताकाे आयाेजना गरिएकाे नगर सञ्जाल अध्यक्ष सञ्जय भण्डारीले जानकारी दिए ।
नगर युवा सञ्जालले पहिलाे पटक खसी कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयाेजना गर्न लागेकाे उनले बताए ।
सहभागी टिमका लागि दर्ता शुल्क १ हजार ताेकिएकाे छ भने २१ गते साँझ ५ बजे सम्म सभागिले टिम दर्ता गराउनु पर्ने छ ।
प्रथम हुने टिमलाई १५ हजार बराबरकाे खसि, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै द्वितिय हुने टिमलाई ट्रफि प्रमाणपत्र ,तृतियलाई प्रमाणपत्र र उदयमान खेलाडीलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनमएकाे छ । भलिबल प्रतियाेगिता कृष्ण माविकाे खेल मैदानमा हुने छ ।











प्रतिक्रिया दिनुहोस्