images
images

बैतडीकाे शाहीलेकमा रास्वपाकाे पार्टी कार्यालय,नेता जाेशीले गरे उद्घाटन

बैतडी-राष्ट्रिय स्वतन्त्र पार्टीले बैतडीमा पार्टी कार्यालय उद्घाटन गरेकाे छ ।

रास्वपाले बैतडीकाे शाहीलेकमा पार्टी कार्यालय उद्घाटन गरेकाे हाे ।

शुक्रबार रास्वपाका बिधेयक मन्थन बिभाग केन्द्रीय सदस्य भाेज राज जाेशी क्वालिटीले पार्टी कार्यालय उद्घाटन गरेका छन् ।

रास्वपाका जिल्ला सभापति भिम नाथको सभापतित्व र बिधेयक मन्थन बिभाग केन्द्रिय सदस्य जोशीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय समुद्धघाटन गरिएकाे हाे।

कार्यक्रममा जिल्ला सचीव हरिस जोशी दशरथचन्द नगरपालिका सभापती रोशन ठगुन्ना, सिगास सभापति सुर्य बोहरा, पुर्चौडी सभापति बसन्त राज जोशी मेलौली उप- सभापति कृष्ण ओझा,पाटन उप सभापति भरत बिस्ट लगायत रास्वपाका नेताहरुको उपस्थिति थियो ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बाेल्दै नेता जाेशीले रास्वपाले अब निरन्तर जनताको काममा सहयोग गरि जनताका मुद्दाहरु उठाउनु पर्ने र संगठन बिस्तारमा जोड दिई अगाडि बढ्ने बताए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी बैतडिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएकाे छ ।

दशैं तिहार आउदै गर्दा बजारमा मूल्य वृद्धि खाद्यान्न अनुगमन र अराजक गतिविधि रोक्न  र सुरक्षा ब्यवस्थापनमा ध्यान दिनु पर्ने भन्दै रास्वपा बैतडीले ध्यानाकर्षण पत्र बुझाएको हो।

रास्वपा नेता एवं बिधेयक मन्थन बिभाग केन्द्रिय सदस्य जोशी, जिल्ला संयोजक भिम नाथ लगायतका नेताहरुले पत्र बुझाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कार्यालय शाहीलेक स्थित निकाे हस्पिटलकाे माथिल्लाे तलामा राखिएकाे हाे ।

रवि लामिछानेको नेतृत्वमा गठित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सङ्गठन मजबुद बनाउन आज जिल्लामा पार्टी कार्यालय उद्घाटन गरेको नेता जाेशीले बताए ।

प्रतिक्रिया दिनुहोस्