बैतडी– बैतडीकाे सुर्नया गाउँपालिका अवरुद्घ सडक सुचारु गर्न थालेकाे छ ।
बर्खेयाममा पानी परेपछि पहिराे र खाल्डाखुल्डी परेर अवरुद्ध भएका पालिका भित्रका सडक सुर्नया सरकार अहिले सुचारु गर्न थालेकाे हाे ।
अवरुद्ध भएका सडक जेसिबी लगाएर सुचारु गर्न थालिएकाे गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरले जानकारी दिए ।
चाँड पर्वका बेला जनताहरुकाे आवागमनमा सजिलाे हाेस भनेर पालिका भित्रका सबै शाखा सडकहरु सञ्चालन गर्न थालिएकाे उनले बताए ।
अहिले सडकहरुमा पहिराे पन्छाउने, खाल्डा खुल्डी पुर्ने काम भैरहेकाे सुर्नया गाउँपालिकाका जेसिबी अपरेटर लक्ष्मण भट्टले बताए।
उनका अनुसार यहि असाेज १३ गते वडा नं १ काे हटैराज बाट सडक मर्मत अभियान सुरु गरिएकाे थियाे ।
वडा नं ७ ,८ र ५ भित्रका सडक पनि सुचारु गरिएका उनले आइतबार धरमघर, खल्लेक सन्सेरीमाण्डाैँ सडक सफाइमा गरेकाेमा मंगलबार डुङ्गरी टाेल जाने सडक सफाइमा जुटेका उनले बताए।
पहिराेले अवरुद्ध शाखा सडकहरु सञ्चालनमा आउन थालेपछि खाद्यान्न ढुवानीका साथै यात्रुहरुलाई आवत जावत गर्न सजिलाे भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्