बैतडी-कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका बैतडीका भरत भाटको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडमा सुदूरपश्चिम प्रदेश ०१००८प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक बैतडीकाे दशरथचन्द नगरपालिका १ श्रीखण्डका ४० वर्षीय भाटकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
उनकाे गए राति मायामेट्राे हस्पिटललमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
चालक भरतको टाउको र हातखुुट्टामा चोट लागेको थियो।
उनको उपचारको क्रममा गएराति ११ः५ बजे माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बैतडी मूल घर भएका भाट हाल कञ्चनपुरकाे कृष्णपुर नगरपालिका बस्दै आएका थिए ।










प्रतिक्रिया दिनुहोस्