बैतडी-बैतडीमा जिप दुर्घटना भएकाे छ।
जिल्लाकाे सुर्नया गाउँपालिका ६ खर्काधारमा जिप दुर्घटना भएकाे हाे ।
यात्रु बाेकेर धनगढीबाट सुर्नयाकाे रिगा तर्फ आउँदै गरेकाे म १ ज १८६ नम्वरकाे जिप राति ८ बजेर २५ मिनेटमा दुर्टनामा परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता जनक राज ढुङ्गानाले जानकारी दिए ।
जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा सुर्नया गाउँपालिका वडा नं४ का ३३ वर्षिय वीर सिंह महरा, वडा नं ६ का २० वर्षिय वसन्त कुँवर, वडा नं ४का २० वर्षिय नवीन महरा र वडा नं ४ कै २८ वर्षिय मानसिंह महरा छन् ।
घाइते मध्ये वीर सिंह महरा र वसन्त कुँवरलाइ उपचारका लागि डडेल्धुरा पठाइएकाे र अन्य दुई जनाकाे शंकरपुर स्वास्थ्य चाैकीमा उपचार भैरहेकाे र उनकाे अवस्था सामान्य रहेकाे प्रहरी प्रवक्ता ढुङ्गानाले बताए ।
प्रहरीका अनुुसार जिपमा ४ जना मात्रै सवार थिए।
चालकले जिपलाई रोकेर पसलतिर गएको र सोही अवस्थामा जिप आफै अघि बढेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिप सडकबाट ५० मिटर तल खसेकाे बताइएकाे छ ।
जिप चालक सुर्नया ७ का प्रकाश कुँवरलाइ नियन्त्रणमा लिइएकाे र घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्