images
images

बैतडीकाे प्रसिद्ध निङ्गलाशैनी र उदयदेव मन्दिरमा जात्रा शुरु, पशुबली भाेलि

बैतडी-बैतडीका प्रसिद्ध निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्रा शुरु भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं स्थित निङ्गलाशैनी भगवती मन्दिर र पाटन नगरपालिका ६ मा स्थित उदयदेव मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो ।

 

घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा आजदेखि जात्रा शुरु भएर भोलि महाष्टमीका दिन बलिसहित जात्रा समापन हुने छ ।

यो बर्ष चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकैदिन परेकोले पाटनको उदयदेव मन्दिरमा पनि भोली नै राँगाको बलि हुने पुजारी लबदेव जाेशीले जानकारी दिए । निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीमा राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ ।

हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ ।

निङ्गलाशैनी भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गरेका  दशरथचन्द नरगपालिका वडा नं२का अध्यक्ष सुर्यबहादुर बाेहराले बताए ।

जात्रालाई व्यवस्थित बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता जनकराज ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्