बैतडी-बैतडीमा अटाे दुर्घटना भएकाे छ । महाकाली राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका ३ श्रीकोट खोचलेक नजिक अटो दुर्घटना भएकाे हाे ।
सिल्लेगडाबाट खोचलेक तर्फ जाँदै गरेको सुप प्र ०१–००१ ह ६०७० नम्बरको अटो साढे १२ बजे दुर्घटनामा परेकाे बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।
दुर्घटनामा परी चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा दोगडाकेदार गाउँपालिका २ कि २५ पार्वती जोशी, सोही ठाउँकि ४५ वर्षीया बसन्ती जोशी, अटो साहु समेत रहेका २५ वर्षीय राजेन्द्र भाट,पुर्चाैडी नगरपालिका ९ का २० वर्षीय हिरा सार्की रहेका छन्।
घाइतेमध्ये पार्वतीको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परी घाइते भएका चारै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको प्रहरी प्रवक्ता ढुंगानाले बताए ।
अटो चालक दार्चुला शैल्यशिखर ९ का २२ वर्षीय उमेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त अटो सडकबाट १ सय मिटर तल खसेकाे छ ।
दुर्घटनाकाे कारण नखुलेकाे र थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्