images
images

तीर्थले हाँकेकाे स्वास्थ्य कार्यालय बैतडी कार्यसम्पादनमा उत्कृष्ट

बैतडी-स्वास्थ्य कार्यालय बैतडी उत्कृष भएकाे छ ।

कार्य सम्पादन मुल्याङ्कनमा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमध्ये स्वास्थ्य कार्यालय बैतडी उत्कृष्ट भएको हाे ।

स्वास्थ्य कार्यालय बैतडी ७८.४३ प्रतिशत अंक प्राप्त गर्दै समग्र सुदूरपश्चिममा तेश्रो र पहाडी जिल्लाहरुमा उत्कृष्ट भएको हाे।

 

कार्यालयहरुको बेरुजुको अवस्था, स्वास्थ्य कार्यक्रमहरु समेटिएको बार्षिक प्रतिवेदन प्रकाशन, दुर्गम तथा भौगोलिक क्षेत्र, गुणात्मक मूल्याकंन, स्वास्थ्य कार्यालयहरुद्वारा सम्पादित कामहरु झल्किने फेलेक्स बोर्ड, बित्तीय प्रगति लगायतका सूचकका आधारमा स्वास्थ्य कार्यालयहरुको मूल्यांकन गरिएको हो ।

अहिले स्वास्थ्य कार्यालय बैतडी तिर्थ राज भट्टले हाँकेका छन् । स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले कैलालीको धनगढीमा आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरुको एकीकृत बार्षिक समीक्षा गोष्ठीमा पहाडी जिल्लाहरुमा स्वास्थ्य कार्यालय बैतडी उत्कृष्ट भएपछि प्रमुख भट्टलाई सम्मान गरिएकाे छ । खादा र प्रमाणपत्र  प्रदान गरेर स्वास्थ्य निर्देशनालयले सम्मान गरेकाे हाे ।

गत आर्थिक बर्षमा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको आधारमा स्वास्थ्य कार्यालयहरुको मूल्यांकन गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए ।

सबै   सराेकारवालाहरुकाे सहयाेगले  उत्कृष्ट स्थान हासिल गर्न सफल भएका भन्दै प्रमुख भट्टले मुल्यांकनले अझ काम गर्ने उर्जा थपिएकाे बताए ।

 

प्रतिक्रिया दिनुहोस्