बैतडी–बैतडीमा कोभिड –१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । बैतडीमा यही भाेलि देखि २८ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप सञ्चालन हुने भएकाे हाे ।
यो भन्दा पहिला कोरोना विरुद्धको खोप नलगाएका १२ बर्षभन्दा माथिका सबै नागरिक र कोरोना खोप लगाएको १ बर्ष पूरा भएका १२ बर्षमाथिका सबै नागरिकलाई कोभिड –१९ विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।
गर्भवती महिलाहरुको हकमा तीन महिना पूरा भएकाहरुलाई मात्रै खोप दिइने उनले बताए ।
बैतडीका १० ओटा स्थानीय तहका ८४ ओटै वडामा खोप अभियान सञ्चालन हुनेछ छ ।
५ स्थानीय तहमा तिहार पछाडी र ५ मा अगाडि नै खोप अभियान सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
जिल्लाको पुर्चौंडी नगरपालिकामा भाेलि ९ देखि १३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ भने दोगडाकेदार गाउँपालिकामा कार्तिक ९ गतेदेखि १४ गतेसम्म अभियान सञ्चालन हुनेछ । यस्तै मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्तिक ११ र १२ गते खोप अभियान सञ्चालन हुनेछ ।
यस्तै पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कार्तिक २६ र २७ गते खोप अभियान सञ्चालन हुने छ । जिल्लाको दशरथचन्द नगरपालिकामा कार्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने बताइएकाे छ ।
जिल्लामा खोप अभियान सञ्चालन गर्नका लागि १४ हजार ४ सय डोज खोप पुगिसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्