images
images

बैतडी आउँदै गरेको जिपमा लागू औषध खैरो हेरोइन

बैतडी- कैलालीको धनगढीबाट बैतडीआउँदै गरेको जिपमा लागू औषध खैरो हेरोइन भेटीएको छ ।

कैलालीबाट खटिएको प्रहरी टोलीले चुरे गाउँपालिका ३ स्थित अस्थाइ प्रहरी पोष्ट खानीडाडामा धनगढीबाट बैतडी तर्फ आउँदैनन्  गरेको सु.प.प्र०१ ००१ ज १४३४ नम्बरको जिपमा खैरो हेराइन भेटाएको प्रहरीले जनाएको छ ।

जीपमा सवार डोटी जोरायल गाउँपालिका२ भट्टेखोला बस्ने बर्ष २४ का दिपक बिष्ट र बर्ष २४ कै गोबिन्द बिष्टलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले २ ग्राम ७९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्