images
images

बैतडीमा देउसी–भैलो राति १०बजेसम्म मात्रै खेल्न पाइने

बैतडी– बैतडीमा देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ ।

तिहारको समयमा खेलिने देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न पाइने  जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालय ब‌ैैतडीले जारी गरेकाे सूूचनाामा राति १० सम्म मात्र देउसी- भेैैलाे खेल्न पाइने उल्लेख गरिएकाे छ ।

 

चाडपर्वको समयमा विभिन्न खालका आपराधिक क्रियाकलाप समेत हुन सक्ने भएकाले देउसी भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ ।

 

पटाका,भुईचम्पा, अतिशवाजी जस्ता प्रज्वलनशील पदार्थकाे विक्री वितरण, ओसारपाेसार तथा प्रयाेग गरे,जुवातास खेल्ने खेलाउने ,कानुनले निषेध गरेका , समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरु गरेकाे पाईएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्