images
images

बैतडीको सुर्नया-३ गाेयली स्थित भाैनेलि मन्दिरमा आज भव्य जात्रा लाग्दै

बैतडी–बैतडीको सुर्नया गाउँपालिका –३ गाेयली स्थित भाैनेलि मन्दिरमा जात्रा लाग्दै छ ।

आज  २१ गते राति मन्दिरमा भव्य जात्रा लाग्ने भएकाे हाे । कार्तिक शुक्ल प्रतिपदा देखि पूजाआजा सुरु भएकाे मन्दिरमा आज पञ्चमीका दिन भव्य जात्रा लाग्ने पूजारी भुवन प्रसाद भट्टले जानकारी दिए ।

याे मन्दिरमा ३ दशक पछि जात्रा लागिरहरेकाे छ । जुठाे नपरेकाे समयमा पूजाआजा भैरहने भाैनेली मन्दिरमा ३० पर्ष पछि पहिलाे पटक जात्रा हुन लागेकाे हाे ।

स्थानीयका अनुसार पर्वकाे बेला कहिले काहीँ पूजाआजा भैरहने भएपनि जुठाे पर्ने लगायतका विभिन्न समस्याका कारण २०४७ साल यता भाैनेली मन्दिरमा जात्रा लागेकाे थिएन् ।पञ्चमीकाे राति भाैनेली देवताको गातमा पूजाआजा गर्ने चलन रही आएको छ । रातिकाे समयमा हुने जात्रामा भक्तजनकाे घुईचाे लाग्ने गरेकाे पूजारी भट्टले बताए ।

मन्दिरमा देवताका धामी काँपेर चौलो जाने जात्राको मुख्य आकर्षण रहेको उनले बताए । रातिको समयमा देवताको खोजीमा धामी काँपेर चौलो जाने परम्परा रही आएको छ ।

भाैनेली देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाे छ । याे मन्दिरमा गाेयलीका मात्रै नभएर विभिन्न ठाउँबाट दर्शनार्थीहरु जात्रामा पुग्ने गरेका स्थानीय  युवा राेसन भट्टले बताए ।

वर्षाे पछि जात्रा भैरहेकाले स्वदेश तथा विदेशमा रहेकाहरु गाउँ पसेका र मन्दिरमा पनि पूजापाठ गर्ने भक्तजनकाे भिड बढेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS