बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले यहि कार्तिक २५ गते सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको वडा नं ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएकाे छ ।
कार्तिक शुक्ल नवमीका दिन लाग्ने त्रिपुरासुन्दरी भगवतीको जात्रा याे वर्ष २५ गते परेकाले बिदा दिइएकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर विष्टले जानकारी दिए।
साे दिन नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था बन्द रहने बताइएको छ ।
प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा भव्य जात्रा लाग्छ । त्रिपुरासुन्दरीकाे भगवती मन्दिरमा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् ।
त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।










प्रतिक्रिया दिनुहोस्