बैतडी- बैतडीका बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार पाटन बजारबाट नाङ्गो तार हटाएर कालो तार विस्तार गरिँदैछ ।
अहिले पाटन नगरपालिको खोड्पे बजार, पाटन बजार, देहिमाण्डौ र सदरमुकामको गोठलापानी बजार क्षेत्रको नाङ्गो तार हटाउन थालिएको वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।
नाङ्गो तारका कारण दुर्घटनाको जोखिम बढेकाले सुरुवातमा बजार क्षेत्रका तारहरु हटाउन थालिएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्