images
images

बैतडीको नेरा मावि ग्वानीले मनायाे ६३ औँ बार्षिकोत्सव

बैतडी– बैतडीको नेरा माविले ६३ औँ बार्षिकोत्सव मनाएकाे छ ।

शनिवार विभिन्न कार्यक्रमकाे आयाेजनम गरेर नेपाल राष्ट्रिय माविले ६३ औँ बार्षिकोत्सव मनाएकाे हाे ।

सुर्नया गाउँपालिका-२ सिउँडे स्थित नेपाल राष्ट्रिय माविको ६३ औँ बार्षिकोत्सव  कार्यक्रम सम्पन्न भएको शिक्षक दानबहादुर विष्टले बताए ।

शनिवार बिभिन्न सास्कृतिक  कार्यक्रमको आयोजना गरि विद्यालयले आफ्नो ६३ औँ बार्षिकोत्सव मनाएको उनले बताए ।

विद्यालयका प्रधानाध्यपक धिर बहादुर बिष्टले २५ लाख १५ हजार  २१२ रुपैँया ४५ पैशा बराबरको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर बिष्टको सभाध्यक्षतामा  भएको कार्यक्रममा प्रमुख अतिथि सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवँर रहनुभएको थियो ।

कार्यक्रममा नेरा मावि  शिक्षक अभिभावक संघका अध्यक्ष कर्ण बहादुर पाण्डे,  गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष  एवं  गाउँ  सामाजिक  विकास समिति संयाेजक केशब सिंह विष्ट, वडा नं १ का अध्यक्ष धनबहादुर विष्ट, पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुअ ललित पाण्डे, अन्य जनप्रतिनिधि , राजनीति दलका प्रतिनिधि , संघसंस्थामा आवद्ध पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, शिक्षक अभिभावक  तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्