images
images

बैतडीकाे सुर्नया- ४ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न

बैतडी-बैतडीकाे सुर्नया -४ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा नं ४का वडा अध्यक्ष एवं पालिका प्रवक्ता प्रताप महराकाे सभाध्यक्षतामा तथा पालिका उपाध्यक्ष मञ्जु महराकाे प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा वडा नं ३ का अध्यक्ष शम्भुप्रसाद भट्ट , वडा नं ५ का अध्यक्ष केशव सिंह बिस्, वडा नं ८ का अध्यक्ष , सुरक्षाकर्मी , भाैनेली स्वास्थ चौकी इन्चार्ज सुरेन्द्र सिंह महरा लगायत महिला स्वास्थ स्वयंसेविका, शिक्षक, बिद्यार्थीहरु र अन्य महिला र पुरुषहरूको उपस्थि रहेकाे थियाे ।

सन्सेरिमाण्डै बजार देखि वडा कार्यालय हुँदै राष्ट्रिय माबि फाटिगडा महिला हिंसा विरुद्धका नारा लगाएर प्रदर्शन गरिएकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला चन्दले जानकारी दिइन् ।

लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायका   सबै नागरिकहरुलाई जागरुक बनाउन वडामा अन्तरक्रिया र छलफल गरिएकाे उनले बताइन ।

वडामा भएकाे  अन्तरक्रिया र छलफल कार्यक्रममा लैङ्गिक हिंसाविरुद्ध बनेका कानुनहरुको बारेमा समेत जानकारी दिइएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्