बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंगलबार माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे हो ।
‘लैङ्गिक हिंसा न्यनूीकरणमा विद्यालयको भूमिका’बिषयक वक्तृत्वकला प्रतियोगितामा पालिकाभित्रका १० ओटा माध्यमिक विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा शंकर संस्कृत माविकी छात्रा विजया अवस्थी प्रथम, वासुदेव मावि लिस्किटाकी छात्रा लक्ष्मी टेलर द्वितीय, रौलेश्वर मावि रामकी बरायलकी छात्रा सृजना बिष्ट तृतीय र भुवनेश्वर मावि गोयलीका छात्रा मानमती भट्टले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजारसहित प्रमाण पत्र, दोश्रो हुनेलाई नगद तीन हजार पाँचसयसहित प्रमाणपत्र, तेश्रो हुनेलाई नगद दुई हजार पाँचसय सहित प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद सहित प्रमाणत्र प्रदान गरिएकाे गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख निर्मला चन्दले जानकारी दिइन्। सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक केशव बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए ।
यस्तै कार्यक्रममा उपाध्यक्ष मञ्जु बोहरा, गाउँपालिका प्रवक्ता प्रतापसिंह महरा र वडा अध्यक्षहरु बिशिष्ट अतिथी रहेका थिए । गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायका सबै नागरिकलाई सचेत गराउन अभियान अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्