images
images

नेपाल पत्रकार महासंघ चुनाव: बैतडीमा मनोनयन पत्र दर्ता सुरु

बैतडी-बैतडीमा नेपाल पत्रकार महासंघकाे चुनावका लागि मनाेनयन पत्र दर्ता कार्य सुरु भएकाे छ ।

केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार बैतडीमा पनि बिहान १० बजेदेखि मनाेनयन पत्र दर्ता कार्य सुरु भएकाे निर्वाचन समिति सदस्य दिपेन्द्र बहादुर चन्दले जानकारी दिए ।

विहान १० बजे देखि अपराह्न १ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय दिइएको उनले बताए । उम्मेदवारको नामावली प्रकाशन बुधवार दिउँसो साढे १बजे हुनेछ भने मनोनयन पत्र फिर्ता साढे ३ बजेभित्र लिइसक्नु पर्नेछ।

उम्मेदवारको अन्तिम नामावली बुधवारनै अपराह्न ४ बजे प्रकाशित हुनेछ। मतदान मंसिर २८ गते भाेलि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।

२८ गते साँझबाट  मतगणना हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्