images
images

सत्तागठबन्धनलाई हराउँदै पत्रकार महासंघ बैतडीकाे अध्यक्षमा बडु र काेषाध्यक्षमा भट्ट विजयी

बैतडी- नेपाल पत्रकार महासंघ बैतडी शाखाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका  नरी बडु निर्वाचित भएका छन्।

प्रेस यूनियन र प्रेस चौतारी नेपालका साँझा उम्मेदवार लोकेश साउदलाई ३९ मतले हराउँदै बडु अध्यक्षमा विजयी भएका हुन्।

एमाले र कांग्रेस निकट  प्रेस संगठनकाे गठबन्धनलाई हराएर बडु विजयी भएका हुन्।

बैतडीबाट निर्वाचित उद्योग  मन्त्री दामोदर भणडारीको गृहजिल्लामा बडु विजयी भएका हुन् । बडुले ३९ मत ल्याए भने  उनका प्रतिद्वन्द्वी प्रेस यूनियन र प्रेस चौतारी नेपालका साँझा उम्मेदवार साउदले ६ मत मात्र पाए।

काेषाध्यक्ष पदका लागि भएकाे निर्वाचनमा प्रेस सेन्टर नेपालका करुणाकर भट्ट विजयी भएका छन् । उनी पनि  प्रेस चाैतारी र प्रेस युनियनका साँझा उम्मेदवार  कृष्ण बहादुर विष्टलाई ४ मतले पराजित गरेर विजयी भएका हुन् ।

सेन्टरका भट्टले २४ मत प्राप्त गरे भने प्रेस चाैतारिका विष्टले २० मत ल्याएका हुन् । नेपाल पत्रकार महासंङ बैतडीकाे ८ औं अधिवेशनमा अध्यक्ष र काेषाध्यक्ष बाँहेक सबै निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध हुनेहरूमा खुला उपाध्यक्षमा लक्ष्मण बिसि (रेडियो मेलौली), महिला उपाध्यक्षमा रतना कलौनी (दिनेशखबर), सचिवमा विनोद सिह विष्ट (रासस), सहसचिवमा केशवराज भट्ट (बाशुलिङ्ग मिडिया), समावेशी सहसचिवमा मंगेश दयाल (रेडियो मेलौली) भएका छन् ।

यस्तै शाखाका सदस्यहरूमा गौरव चन्द (रेडियो सनसेर), सरस्वती मडै (रेडियो सनसेर), डम्बर बोहरा (रेडियो सेभेनस्टार), विरेन्द्र बिक्रम विष्ट (खबरबोर्ड), मदनराज भट्ट (रेडियो सेभेनस्टार), राधिका भट्ट (जनआदर्श साप्ताहिक), प्रताप दमाई (नेपाल एफएम नेटवर्क) र विमला भट्ट (रेडियो निङ्गलाशैनी) पनि निर्विरोध चयन भएका छन् ।

यसका साथै केन्द्रीय परिषद् सदस्यमा लक्ष्मीदत्त पाण्डेय (रेडियो नेपाल), अमर भट्टराई (रेडियो सेभेनस्टार) र प्रदेश परिषद् सदस्यमा भगिरथ अवस्थी (रेडियो निङ्गलाशैनी), डीआर भट्ट (निको खबर), सिपि लोहिया (स्टार बुलेटिन) र बशन्तप्रकाश विष्ट (सुर्नया टाइम्स) निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्